प्रधानमन्त्री महिला टी-२०: गण्डकीमाथि कोशीको ५५ रनको जित
काठमाडौं। जारी प्रधानमन्त्री महिला टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।
बुधबार सम्पन्न खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको हो। कोशी प्रदेशले दिएको १०४ रनको लक्ष्य पछाएको गण्डकीले १५ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाएपछि कोशी ५५ रनले विजयी भएको हो। गण्डकीका लागि सुमन खतिवडाले २१ रन बनाएकी थिइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए।
यो जितपछि कोशी प्रदेशको ५ खेलमा ८ अंक भएको छ भने गण्डकीले चौथो हार बेहोरेको छ। गण्डकीको ५ खेलमा २ अंक मात्र रहेको छ । कोशी अंक तालिकामा दोस्रो स्थानमा रहेको छ भने गण्डकी छैटौं स्थानमा रहेको छ।
अब कोशीले विहिबार सुदूरपश्चिम प्रदेशको सामना गर्ने छ भने गण्डकीले विहिबार नै एपीएफको सामना गर्ने छ।







डिसी नेपाल







Facebook Comment