डा. रमिल अधिकारीकाे नयाँ गीत सार्वजनिक (भिडियाे)

डिसी नेपाल
१२ पुष २०८० ११:३७
132
Shares

डा. रमिल अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन्।

क्रिसमसको अवसर पारेर सार्वजनिक गरिएको गीत र भिडियोमा बाबु र छोराछोरीबीचको सम्बन्धको कथा भनिएको छ। सन्तानको रेखदेखमा आमाको भूमिका बढी देखाइने गरेकामा यसपटक गीतकार डा. अधिकारीले बुवाको भूमिकालाई गीतमा प्रस्तुत गरेका छन्।

गीत बुवाहरूप्रति समर्पित छ। प्रकाश धितालको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन्।

गीतकार डा. अधिकारीले यसअघि पनि केही गीत ल्याइसकेका छन्। सोमवार सार्वजनिक गीत उनको अफिसियल च्यानल ‘रमिल क्रियशन’मा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *