अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने
काठमाडौं। अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने भएका छन्। राम जन्मभुमी तिर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन्।
अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रीति रिवाज अनुसार विशेष पूजा यही १७ जनवरी देखि प्रारम्भ हुंदैछ जुन द्दद्द जनवरीको प्राण प्रतिष्ठा हुँदैछ।
यस प्राण प्रतिष्ठाको लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट एक जना विशेष पुजारीको रुपमा गौतमलाई आमन्त्रित गरिएको हो श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मुलका पुजारी आचार्य गौतमलाई विशेष पूजाको लागि निम्तो गरिएको छ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले दुर्गाप्रसाद गौतमलाई १६ जनवरी देखि २२ जनवरीसम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गई रहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रह सहित निमन्त्रण पत्र पठाएका हुन्।
झापा जिल्ला मेचीनगर निवासी आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्री मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माण पछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको बताए।
अयोध्याको यस प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो आएको छ। विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०–३५ वटा साधु संतहरूलाई अयोध्याबाट प्राण प्रतिष्ठामा समारोहमा निम्तो आएको जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment