अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका डेभिड वार्नरले भविष्यको योजनाबारे खुलासा गरे

डिसी नेपाल
२२ पुष २०८० १४:३९
700
Shares

काठमाडौं । सिड्नी टेस्ट खेलेर अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका डेभिड वार्नरले सन्यासपछिको आफ्नो भविष्यको योजनाबारे कुरा गरेका छन् ।

यसअघि शनिबार भएको तेस्रो टेस्टमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको थियो । अष्ट्रेलियाले यो तीन टेष्टको सिरिज ३-० ले जितेको छ ।

अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटको आफ्नो अन्तिम इनिङ्समा वार्नरले उत्कृष्ट ५७ रन बनाएर आफ्नो टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्याएका थिए।

खेल सकिएपछि वार्नरले आफ्नो सन्यासको योजनाबारे भने कि उनी भविष्यमा कोचिङलाई करियर बनाउन चाहन्छन् ।

उनले भने, ‘सबैभन्दा पहिले मैले आफ्नी श्रीमतीसँग थप केही दिन घरबाट टाढा बस्न अनुमति लिनुपर्छ ।’

क्रिकेटमा स्लेजिङको बारेमा वार्नरले भने – ‘आईपीएल जस्तो टी-२० फ्रेन्चाइज लिगको आगमन पछि यो इतिहासको कुरा भएको छ।’

उनका अनुसार अहिले अन्य देशका खेलाडीसँग खेल्ने र समय बिताएको कारण यस्तो भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.