‘टुटल’का प्रमुख शिक्षित भट्टलाई रिहा गर्न जिल्ला अदालतको आदेश

डिसी नेपाल
२२ पुष २०८० १९:२५
100
Shares

काठमाडौं। जिल्ला अदालत काठमाडौंले ‘टुटल’का प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।

आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसुरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको  भन्दै चाहेको समयमा अदालत उपस्थित हुने गरी रिहा गर्न आदेश गरेको हो।

अदालतमा अदालत समक्ष उपस्थित गराइएका भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लव कुमार मैनाली र सूर्यप्रसाद कोइरालाले बहस गरेका थिए। यस्तै अदालतले जिल्ला प्रहरी परिसर टेकुको मिसिल अध्ययनसमेत  गरेको थियो।

भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि पक्राउ परेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *