चीनले लगानी गरेका आयोजनाको बिजुली किन्न भारत असहमत : प्रधानमन्त्री दाहाल

डिसी नेपाल
२५ पुष २०८० १२:४५
156
Shares

काठमाडौं‍। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको लगानीबाट उत्पादित आयोजनाका बिजुली किन्न भारतले असहमति प्रकट गरेको जानकारी दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित बिजुली किन्नेबारेमा भारतले असहमति प्रकट गरेको जानकारी दिएका हुन्।

हालै भएको भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत सम्झौतामा भारतले उक्त सहमति प्रकट गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *