राष्ट्र निर्माता दिब्यधारणालाई अनुशरण गरी पदचाप पछ्याउँ : पूर्वराजा शाह
पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल फाेटाे।
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिब्यधारणालाई अनुसरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन्। ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले पृथ्वीनारायणा शाहलाई गौरवशाली ब्यक्तिको रूपमा स्मरणा गर्नु पर्ने पनि जनाएका छन्।
‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरबशाली व्यक्तित्व मान्दछौं,’ शाहले शुभकामना सन्देशमा भनेका छन्, ‘आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौं, त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ, नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई।’
उनले शुभकामना सन्देशमा अगाडी भनेका छन्, ‘राष्ट्र भनेको भूगोल मात्र होइन, जनताको साझा थलो हो अनि राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो, सबै जात जाति, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैंचाका थरि थरी सुन्दर फूलहरु हुन्, हाम्रो राष्ट्र निर्माणको पूनित कामना यो हो।’
‘हाम्रो राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ,’ पूर्वराजाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौं।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment