पूर्वी तराईको जनजिवन तीन दिनदेखि प्रभावित
काठमाडौं। पूर्वी तराईमा तीन दिन यतादेखि चिसो बढ्न थालेपछि जनजिवन प्रभावित बन्न थालेको छ। विहानैदेखि हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेको कारण जनजिवन प्रभावित बन्न थाले हो।
चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आउन थालेको छ। घाम नलाग्ने, शित लहरसंगै चिसो हावा चलेर जाडो बढ्न थालेपछि मानिसहरुका घर बाहिर समेत काम विशेषले मात्र निस्कन थालेका छन्। जाडो बढेसँगै सुनसरीको सामुदायिक विद्यालयहरु केहि दिनकालागि बन्द गरिएको छ।
चिसोका कारण स्वास्थ्य संस्थाहरुमा ज्वरो, निमोनिया, झाडापखाला, रुघाखोकी लगायतका विरामीहरुको आउने क्रम समेत बढ्न थालेको छ। चिकित्सकले चिसोवाट वच्न न्याना कपडा प्रयोग गर्न तथा तातो खानेकुरा खान समेत सल्लाह दिन दिएका छन्। चिसोको समयमा मजदुरी गर्ने, जेष्ठनागिरकहरु, असक्त तथा बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment