न्यायाधीश अभावमा आफ्ताव आलमविरूद्ध मुद्दाकाे सुनुवाइ सर्याे
फाइल फाेटाे।
रौतहट। माेहम्मद अफ्ताव आलमविरूद्ध मुद्दाकाे सुनुवाइ सरेकाे छ। आइतबारबाट हुने भनिएको सुनुवाई न्यायाधीश अभावमा सरेको हो।
रौतहट जिल्ला अदालतमा रहेका सात जना न्यायाधीशमध्य ३ जनाको उच्च अदालतमा सिफारिस भएको, २ जना बिदामा रहेको र गोला गर्दा रहेका दुबै न्यायाधीशको भागमा मुद्दा नपरेपछि अफ्ताव आलमविरूद्ध मुद्दाकाे सुनुवाइ सरेकाे जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले बताए।
उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुईजना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित रहेको र गोला गर्दा आलमको मुद्दा दुबैको भागमा नपरेको हो। आलमको मुद्दाको सुनुवाइ अब माघ २० वा २१ गते तिरबाट हुने ढोडारीले बताए।
सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकेको थियो। गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्यता र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।







डिसी नेपाल







Facebook Comment