विश्वकप क्रिकेटः आज वेस्ट इण्डिज र अस्ट्रेलिया भिड्दै
एजेन्सी । विश्वकप क्रिकेटमा आज (बिहीबार) दुई प्रभावशाली टोली अस्ट्रेलिया र वेस्ट इन्डिज आपसमा भिड्दै छन्। नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रँदैछन्।
जारी विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिज दुवैले एक/एक खेल खेलिसकेका छन्। यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए। आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई सात विकेटले हराएको थियो। वेस्ट इन्डिजले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि सात विकेटकै जित हात पारेको थियो। त्यसैले बिहीबार हुने खेलमा पनि जित हात पार्दै यी दुवै टोली सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छन्।
यी दुई टोलीबिच भएको पछिल्लो पाँच खेलको नतिजालाई हेर्दा अस्ट्रेलिया बलियो देखिएको छ। पाँच खेल मध्ये चार खेल अस्ट्रेलियाले जितेको छ भने १ खेल मात्र वेस्टईण्डिजले जितेको छ। तर पनि आज हुने खेलमा अस्ट्रेलियन बलरका लागि वेस्ट इन्डिजका ब्याट्सम्यानहरु घातक बन्न सक्छन्। यसैगरी आफ्नो अन्तिम विश्वकप खेलिरहेका अनुभवी आक्रामक ब्याट्सम्यान क्रिस गेललाई रोक्न पनि अस्ट्रेलियन बलरहरूलाई मुस्किल हुने सक्छ।
यद्यपी विश्वभरिका क्रिकेट पारखीलाई यो खेलले भरपुर मनोरञ्जन दिने विश्वास गरिएको छ। यी दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन्। यी दुवै टोलीले यसअघि नै विश्वकपको उपाधि पनि जितिसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment