बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

डिसी नेपाल
४ माघ २०८० ८:०४
1.0k
Shares

काठमाडौं। बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरिएको हो।

बादेले घर बाटो सिफारि गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो। ‘उहाँलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता घिमिरेले भने।

बादेको साथबाट स्रोत नखुलेको रकम पनि बरामद भएको घिमिरेले जानकारी दिए। बादेको साथबाट जापानिज येन १० हजार, अमेरिकी डलर एक सय, हुन्डाइको आई-१० कार बरामद भएको छ। कार चालक बदमबहादुर प्रधानसमेतलाई पक्राउ गरिएको घिमिरेले बताए।

पक्राउ परेका घिमिरेलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको घिमिरेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *