यस वर्षको एसइई परीक्षा तालिका सार्वजनिक
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित र ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको माघ ७ गते बसेको बैठकको निर्णयानुसार सोमबार यस वर्षको परीक्षा तालिका सार्वजनिक गरिएको हो।
परीक्षा चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ। परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन्।
पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र छैटौं दिन विज्ञान विषयको परीक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ। यस पटक एसइईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन्। यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ। जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन्।
दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ। कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणालीअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ। २०७६ देखि विद्यालय तह कक्षा १-१२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्यांकनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment