भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा बिशेष कार्यक्रम (भिडियोसहित)

डिसी नेपाल
१२ माघ २०८० १३:५३
28
Shares

काठमाडौं। भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावास काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौँस्थित भारतीय दूतावासामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रममा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरे। त्यस्तै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरेका छन्।

सो अवसरमा दूतावासले ३० वटा संस्थालाई रु १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको छ ।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *