प्रविधिको बिकास मार्फत समग्र कृषिको विकास गर्न सकिनेछः कृषिमन्त्री भुसाल {भिडियो}
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रविधिको बिकास मार्फत समग्र कृषि क्षेत्रको विकास गर्न सकिने बताएका छन्।
शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा कृषि सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रर्दशनी छैठौं नेपाल एग्रीटेकको उद्घाटन गर्दै मन्त्री भुसालले नयाँ–नयाँ प्रविधिको बिकासका साथै उचित प्रयोग गरेर समग्र कृषि क्षेत्रको विकास गर्न सकिने बताएका हुन्।
कृषिमा प्रविधि प्रयोग गर्ने औजारहरु आम किसानको प्रयोगमा जान सक्ने गरि बजारीकरण गर्न सक्नुपर्ने उनले बताए । उनले मेहनतका साथ कृषि उत्पादन बृद्धि गर्नुपर्ने र लागत घटाउनुपर्ने आवश्यकता रहेको धारणा राखे।
माघ १४ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहेका छन् । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने बताइएको छ । त्यस्तै साना साना कृषि औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment