पुलिस आहारारा गोल्डकपको क्वार्टरफाइनलमा, एपीएफ पराजित

डिसी नेपाल
१२ माघ २०८० १७:२८
20
Shares

कास्की । नेपाल पुलिस क्लब आहा! रारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो । पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे ।

पुलिसले क्वाटरफाइनलमा चर्च व्याइज युनाइटेड क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो क्वाटरफाइनलमा थ्रीस्टार र भुटानको पारो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.