भारतीय खेलाडी रोहन बोपन्नाले ४३ वर्षको उमेरमा ग्राण्डस्लाम जितेर इतिहास रचे
काठमाडौं । भारतीय टेनिस खेलाडी रोहन बोपन्नाले नयाँ इतिहास रचेका छन् । उनले म्याथ्यु एब्डोनसँग मिलेर अस्ट्रेलियन ओपनको डबल्स उपाधि जितेका छन् ।
बोपन्नाले ४३ वर्षको उमेरमा यो सफलता हासिल गरेका हुन् । यससँगै उनी ग्रान्डस्लाम जित्ने सबैभन्दा पाका खेलाडी बनेका छन् ।
फाइनलमा बोपन्ना र एब्डोनले सिमोन बोलेली र एन्ड्रिया भाबासोरीको इटालियन जोडीलाई हराए। उनीहरूले यो खेल ७-६, ७-५ को सोझो सेटमा जितेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment