सुदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी

डिसी नेपाल
१६ माघ २०८० १३:२२
92
Shares

काठमाडौं। एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिम प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको एपीएफ क्लबले १४.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १६.२ ओभरमा नै अल आउट हुँदै ८७ रन बनाएको थियो।

यो जितपछि एपीएफले ८ खेलमा पाँचौं जित हासिल गरेको छ र १० अंकसहित पाँचौं स्थानमा रहेको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको भने यो चौथो हार हो। ८ खेलमा ८ अंक हासिल गरेको सुदूरपश्चिम अंक तालिकामा छैटौं स्थानमा रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.