उज्बेकिस्तान एशियन कपको क्वाटरफाइनलमा

डिसी नेपाल
१७ माघ २०८० ७:०१
76
Shares

काठमाडौं। उज्बेकिस्तानले थाइल्याण्डलाई पराजित गर्दै एशियन कपको क्वाटर फाइनलमा पुगेको छ।

मंगलबार सम्पन्न खेलमा उज्बेकिस्तानले थाइल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

उज्बेकिस्तानको जितमा अजिजबेक टर्गनबोएभ र अब्बोसबेक फायजुल्लाएभले एक एक गोल गरेका थिए। त्यस्तै थाइल्याण्डका लागि एक गोल सुपाचोक साराचाटले गरेका थिए।

यो जितसँगै उज्बेकिस्तान क्वाटरफाइनलमा पुगेको छ र अब क्वाटरफाइनलमा उज्बेकिस्तानले आयोजक कतारको सामना गर्ने छ।

त्यस्तै यो हारपछि थाइल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.