कर्णालीले एपीएफलाई हरायो
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ ।
किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णालीले एपिएफलाई २१ रनले पराजित गरेको हो । कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १८५ रनमा समेटियो । एपिएफका लागि आसिफ शेखले १०८ रनको शतकीय इनिङ खेले । कर्णालीका लागि प्रकाश जैशीले ४ विकेट लिए । यस्तै दिपेन्द्र रावत र युनिष सिंहले समान दुई–दुई विकेट लिए भने दिनेश अधिकारीले एक विकेट लिए ।
त्यसअघि टस गारेर पहिले ब्याटिङ गरेको कर्णालीले ४४.१ ओभरमा २०६ रन बनाउदै अलआउट भयो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ६२ रन बनाए । त्यस्तै अर्जुन घर्तीले ५३ रन बनाए । एपिएफका लागि मौसम ढकालले ३ विकेट लिए ।







डिसी नेपाल







Facebook Comment