जापानलाई हराउदै इरान एशियन कपको सेमिफाइनलमा

डिसी नेपाल
२० माघ २०८० २०:०४
120
Shares

काठमाडौं । इरान एशियन कपको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २(१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

इरानले खेलको ९६औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इरानको जितमा मोहमद मोहेबी र अलिरेजा जहानबख्शले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि हिदेमासा मोरिटाले एक गोल गरेका थिए ।

अब इरानले सेमिफाइनलमा कतार र उज्बेकिस्तानबीचको विजेतासँग खेल्ने छ । त्यस्तै जापान भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.