माओवादी केन्द्र संसदीय दलको बैठक : सदनमा प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन्।
सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए।
चालु अधिवेशनमा टिआरसी लगाएत संघीयता कार्यान्वयनसम्बन्धी महत्वपूर्ण कानुन संसद पेस गर्ने सरकारले तयारी गरेको भन्दै प्रचण्डले संसदमा प्रभावकारी रुपमा बहस गर्न समेत निर्देशन दिएकाे माओवादी मुख्य सचेतक हितराज पाण्डले जानकारी दिए।
बैठकमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको पाण्डेले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment