कविता : देशको माया
जसलाई देशको माया थियो
उसैलाई देश छोडेर जानुपर्याे
जाँदा जाँदै एयरपोर्टमा
जहान बच्चाको आँसु झर्याे
देशमा राम्रै होला कि भनि
काँधमा बन्दुक बोकियो
आफ्ना कमान्डर लिडरलाई
कति कति सलाम ठोकियो
जसलाई सलाम ठोकियो
ऊ सधैँ माथी उसैको जय भयो
बन्दुक बोकेको यो काँध
कुम्लो बोकेर खाडी गयो
थाहा छैन अब कहिले
आफ्नो गाउँ फेरि फर्किने
स्वास्नी छोराछोरी सम्झी
सधैँ दु:खी यो मुटु चर्किने
समाज छुट्यो संस्कृति छुट्यो
धर्म संस्कार अब सबै छुट्यो
खाडि मुलुकमा बेल्चा हान्दाहान्दै
रगताम्य चर् चर हातगोडा फुट्यो
जसलाई देशको माया थियो
उसैलाई देश छोडेर जानुपर्याे
जाँदाजाँदै एयरपोर्टमा
जहान बच्चाको आँसु झर्याे
लस एन्जेलस
No ads found for this position
प्रतिक्रिया


Facebook Comment