राजेन्द्र महतोले गरे एकीकृत शक्ति निर्माणको थालनी, बहुलराष्ट्रिय राज्य स्थापना गर्ने उद्घोष

डिसी नेपाल
६ फागुन २०८० १६:०३
112
Shares

झापा। राष्ट्रिय मुक्ति क्रान्ति मार्फत् बहुलराष्ट्रिय राज्य स्थापना गर्ने उद्देश्यले एकीकृत शक्ति निर्माण गर्ने प्रयोजनको लागि झापाको बिर्तामोडमा आज छलफल सम्पन्न भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो, संघिय लिम्बुवान पार्टीका नेता सन्जुहाङ पालुङ्वा, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाबीच एकैसाथ हिड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महतोले यस उदेश्यको निम्ति जस्तोसुकै मुल्य चुकाउन आफु तैयार रहेको बताए। एकल राष्ट्रिय राज्यको संरचना बदलेर बहुलराष्ट्रिय राज्य बनाउनु भनेको सबै नेपालीको नेपाल बनाउनु रहेको उनको भनाइ थियो।

‘पृथ्वीनारायण शाहले राज्य विस्तार गरेदेखि अहिलेसम्म माटो मिल्यो तर मन मिलेको छैन।’, उनले भने।

त्यसैगरी अर्का वक्ता संजुहाङ पालुङ्वाले यस उदेश्यको निम्ति आफु पार्टी त्यागेर पनि संगै हिड्न तैयार रहेको बताए।

‘अन्य साथीहरू जो विभिन्न पार्टीमा लाग्नु भएको छ तपाईहरु पनि लिम्बुवान राष्ट्रिय राज्यको निम्ति आ-आफ्नो पार्टी त्याग गरेर आउनुस हामी सपना पुरा गर्छौं।’ उनले भने।

त्यसैगरी जनमुक्तिका अध्यक्ष केपी पालुङ्वाले यस उदेश्यको निम्ति छलफललाई निरन्तरता दिन र यो क्रान्ति सफल पार्न आफू तयार रहेको बताए।

कार्यक्रममा लोसपाका महासचिव केशव झाले एक्ला एक्लै संघर्ष गरेर मधेशी वा आदिवासी जनजाति कहि पुग्न नसक्ने भएकोले यस उदेश्यको निम्ति एक भएर अगाडि बढनुको विकल्प नरहेको बताए।

त्यसैगरी आदिवासी जनजाति आन्दोलन संघर्षका ज्ञाता, बुद्धिजीवी तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले विश्वभरी भएको विभिन्न खाले आन्दोलन , संघर्ष र विद्रोहको इतिहास बताउदै नेपालमा वहुलराष्ट्रिय राज्यको स्थापनाको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको बताए।

मोक्तानले यस उद्देश्यको निम्ति चाहिने सवैखाले तैयारी आफुहरुले पुरा गरिसकेको बताए। कार्यक्रमको सञ्चालन लिम्बुवानका क्रान्तिकारी नेता लासिमले गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *