नेपाल नामिबियासँग लगातार दोस्रो पटक पराजित

डिसी नेपाल
९ फागुन २०८० १६:२८
80
Shares

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप लिग टू अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।

बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले पराजित गरेको हो। नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

नामिबियालाई जिताउन जेरार्ड इरास्मसले ५२ रनको अर्धशतकीय पारी खेले। नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १६८ रनमात्रै बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए।

नामिबियाका ब्रेनार्ड स्कोल्ट्ज र जान निकोल इटोनले चार चार विकेट हात पारे। लिग टूको आफ्नो तेस्रो खेलमा नेपाल दोस्रो पटक नामिबियासँग पराजित भएको हो।

सिरिजको अर्को खेलमा शुक्रवार नामिबियाले नेदरल्याण्ड्सको सामना गर्नेछ। त्यस्तै आइतबार सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्स र नेपाल भिड्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *