त्रिकोणात्मक टी-२० सिरिज : नेपाल र नामिबिया खेल्दै

डिसी नेपाल
१५ फागुन २०८० ६:३७
60
Shares

काठमाडौं। नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुँदैछ। सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन्।

त्रिभुवन विश्वविद्यालय खेल मैदान कीर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ। नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ। त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ।

खेल तालिका

-नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार

-नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार

-नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन १७ गते बिहीबार

– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार

– नेपाल भर्सेज नेदरल्याण्ड्स, फागुन १९ गते शनिबार

– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार

फाइनल, फागुन २२ गते मंगलबार


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *