नेपालले भूटानलाई हरायो
काठमाडौं। साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे। खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो। पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।
खेलको ३१औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन्। त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भूटानमाथि सहज जित निकाल्यो। जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो।
नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो। यससँगै नेपालले प्रतियोगितामा तीन अंक बटुलेको छ। अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment