गीत : के चाहिन्छ त्यस्तो ?

सुरेश राई
२६ फागुन २०८० १३:४५
36
Shares

दसौं वर्ष चाहेर जस्लाई आफ्नो बनाउन सकिन्न
दसै दिनमा कोही उस्लाई उस्को बनाई लैजान्छ
कोही बताइदेऊ कोही बुझाइदेऊ
के चाहिन्छ त्यस्तो
जस्ले गर्दा मान्छे त्यसरी पलमै कसैको हुन्छ

रुप हो कि, गुण हो कि, कला हो या के हो
धन हो कि ,मन हो कि, उमेर हो या सब हो
सयौं बिन्ती हारेर जस्लाई आफ्नो बनाउन सकिन्न
एक प्रस्तावले कोही उसलाई उस्को बनाइ लैजान्छ
कोही बताइदेऊ कोही बुझाइदेऊ
के चाहिन्छ त्यस्तो
जस्ले गर्दा मान्छे त्यसरी पलमै कसैको हुन्छ

भाग्य हो कि , खेल हो कि, जादू हो या के हो
आँटै हो कि , मौकै हो कि ,यौवन हो या सब हो
मुटु सारा दिएर जस्लाई आफ्नो बनाउन सकिन्न
फूलै दिएर कोही उस्लाई उस्को बनाई लैजान्छ
कोही बताइदेऊ कोही बुझाइदेऊ
के चाहिन्छ त्यस्तो
जस्ले गर्दा मान्छे त्यसरी पलमै कसैको हुन्छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *