दशरथ रंगशालामा खेलकुद बाहेकका अन्य गतिविधिमा रोक

डिसी नेपाल
३ चैत २०८० ९:५४
92
Shares

काठमाडौं। नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रगशालामा युवा तथा खेलकुद मन्त्रालयले खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ।

मन्त्रालयले शुक्रबार बिज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालन सम्बन्धि कार्यविधि जारी नहुँदासम्म रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन परिषद्लाई निर्देशन दिएको हो ।

मन्त्रालयले दशरथ रंगशालासहित देशभरका अन्य रंगशालाको सञ्चालनका सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अघि बढेको भन्दै खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत सम्भार सम्बन्धमा मापदण्ड बनाउने योजना सार्वजनीक गरेको छ ।

रंगशालामा अन्य गतिविधि भएपछि मैदान खेल्न नमिल्ने बनेको हुदा नेपालले विश्वकप छनोट अन्तर्गतको होम म्याच बाहिर खेल्नुपर्ने अवस्था सिर्जना भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *