कविता : नेपालीको बिष वमन
बिषय बिषयको बिष ओकली रहेछु
संसारको बगैंचामा म रमाई रहेछु
धनी मानिसहरुदेखि म डराइरहेछु
गरीबहरुदेखिम सधैं रोइरहेछु
देश लुट्नेहरुलाई म लखेटिरहेछु
सारा नेपालमा म खोजीरहेछु
राजाको भेषमा हिँड्ने नेताहरुदेखि डराइरहेछु
देशको अबस्था हेर्दा भने म विषपान गरिरहेछु
रुन्छन् धरधर मानिसहरु, आँसुको धारा बगाई
हिँड्छन् खुरुखुरु मानिसहरु नांगो खुट्टा बढाई
बिउ छैन गाउँमा मलको अभाव छ
सिँचाई छैन गाँउमा पानीको अभाव छ
जता ततै अर्थको बेलगाम खर्च छ
मेलम्चीको नाममा साट्ठी अरब गायव छ
काण्डै काण्डको थुप्रोमा यो देश अडेको छ
सुनै सुनको तस्करमा यो देश बढेको छ
राजालाई सरापी हिँड्थे गरिब लुट्ने भनी
उही नेताहरु बनेका छन् देश लुटी धनी
अर्काको बुइमा चढ्दै ब्यबस्था सब पल्टियो
देशमा आएको गणतन्त्रले अबस्था सब उल्टियो
पार्टीको राष्ट्रपति नेता हत्यारासँग मिल्ने
मौका छोपी लुकीबस्ने हत्यारा सब छुटाउने
आँखा घुमाई के हेर्छु सबै क्षेत्र कुपोषण
देख्दैमा डरलाग्दो छ गरी बिष वमन
कति नेता बने देशमा खोइ के पो भा छ र?
जति नेता भएपनि सधैं देश उँधोतिर
बिकास छैन केहीमा सबै अस्थिर भो सधैं
खोज्दैनन् जनता देशमा नयाँ नेता सधैंसधैं
देशले मुख बाउँदा अब अमृत देखिने कहाँ
नेताले मुख बाउँदा सधैं बिष वमन भो जहाँ
सधैं झगडा गर्दा राजनीति भयो बिष
नेताको गर्जनलेमात्र बन्दैन देशको गीत
सारा नेता सुरीला छन् घोप्टे बोली बोलन
सारा जनताले गरेका छन् बिष वमन दिन्दिन
सत्ताको च्याँखे थापी जुवा कौडीको खेलमा
आलोपालो गरी खाने सत्ता मोहको रोलमा
हेर आज कता छ देशको भेष नांगियो
नेपाली जनता बीचमा बिष वमन झांगियो
उठी पो के त गर्ने हो छैन मानिसको भर
सुतेका छन् सबै जनता नेताको लिइ डर
के गरुँ गरुँ कि हाँसु म यो दुर्दशा लिइकन
सधैं बिष वमन गर्छु म एक नेपाली भइकन
सधैं बिष वमन गर्छु म एक नेपाली भइकन
No ads found for this position


Facebook Comment