खेलकुद विकासका लागि बजेट अपर्याप्तः खेलकुदमन्त्री
काठमाडौं। खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद विकासका लागि बजेट पनि अपर्याप्त रहेको उल्लेख गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले योजनाअनुरूप खेल नेपाली खेलकुद विकास नसकेको बजेट पनि अपर्याप्त रहेको बताएका हुन्।
उनले नेपाली खेलकुद एकै पटक यस्तो अवस्था नआएको उल्लेख गर्दै चरणबद्ध रूपमा खस्कँदै गएको धारणा राखे। सम्भावना भएका क्रिकेट, फुटबल, मार्सल आर्टमा बढि ध्यान दिने र अन्य सम्भावनायुक्त खेललाई पनि प्राथमिकताका साथ राखेर विकासका काम गर्ने उनले बताए।
मन्त्री श्रेष्ठले खेलकुद संघको निर्वाचनमा राजनीतिकरण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उल्लेख गरे। उनले खेललाई वर्गिकरण गर्नुपर्ने बताए। उनले अबको नीति तथा कार्यक्रम र बजेटमा खेल क्षेत्रलाई प्राथमिकतामा राखिने धारणा राखे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment