लोसपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं। लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ। महोत्तरीको बर्दिवासमा हिजोदेखि सुरू भएको बैठक आज पनि जारी रहने भएको हो।
राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिँडेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो।
बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ।
नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समूह निर्माण गरिएको र उनीहरुले रायसहितको निष्कर्ष दिए पछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए।
बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रिय समितिका ३११ सदस्य उपस्थित रहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment