रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द

डिसी नेपाल
७ चैत २०८० १०:४६
212
Shares

गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ। राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिएकी छिन्। उनले तीन साताका लागि आज बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने बताइन्।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले हाल तीन सातालाई सडक बन्द गर्ने निर्णय गरेको हो। मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्यांकी–थोर्गा–स्यालपोखरी–सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट–चारापाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेर जनाएको छ। रिडी–तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माण द्रुतगतिमा भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *