एमालेले देश बनाउने संकल्पलाई पुरा गर्नेगरि काम गर्छः ओली

डिसी नेपाल
७ चैत २०८० १६:५५
32
Shares

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश बनाउने संकल्पलाई पुरा गर्नेगरि काम गर्ने बताएका छन्।

बुधबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै ओलीले अहिले देशमा निष्ठाको राजनीतिको संकट देखिएको भन्दै एमाले भने देश बनाउने संकल्पलाई पुरा गर्नेगरि काम गर्ने उदेश्यका साथ अघि बढेको बताएका हुन्।

ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको नाम लिदै कम्युनिष्टका नाममा स्वार्थी अवसर खोज्नेहरु आफै पतन हुँदै जाने जिकिर गरे। अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर सबैभन्दा पिडा सिंहलाई नै भएको उनले टिप्प्णी गरे।

अध्यक्ष ओलीले पार्टीभित्र पद नभई काममा ध्यान केन्द्रीत गर्न निर्देशन दिए। उनले पार्टी कमिटीमा नेतृत्वको विवाद हुने गरेको भन्दै नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए।

ओलीले काठमाडौं जिल्लामा एमाले पछिल्लो समय कमजोर देखिएकाले आगामी निर्वाचनमा यसअघिको परिणाम नदोहो¥याउने गरि तयारी गर्न समेत निर्देशन दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *