सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी
धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन्।
नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। उनीहरुले आजै पदभार ग्रहण गर्दैछन्।
सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन्।
अहिले कांग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको कांग्रेसबाट मुख्यमन्त्रीसहित २ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन्।
नाउपामा अहिले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा विवाद छ । माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नाउपाले साथ दिदा समेत सरकार जोगाउन दुई सांसदको अभाव छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment