डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
काठमाडौं। सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो।
डा लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत रहेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment