सहअस्तीत्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनु पर्छः ओली

डिसी नेपाल
१५ चैत २०८० १९:१२
84
Shares

बिर्तामोड। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको नभई सहअस्तीत्व र सहकार्यको राजनीति गर्नुपर्ने बताएका छन्।

बिहीबार झापाको बिर्तामोडमा नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले सहअस्तीत्व र सहकार्यको राजनीति गर्नका लागि कांग्रेसलाई सिकाउनुपर्ने समेत बताए। कांग्रेसले सदैव अस्वस्थ र दमनकारी ढंगले प्रतिष्पर्धा गर्ने गरेको उनको भनाइ छ।

ओलीले देशको विकास, सुशासन लगाएत समृद्ध नेपाल सुखी नेपालीको मार्गलाई साकार पार्ने अभिभारा एमालेको रहेको धारणा राखे। अध्यक्ष ओलीले मिसन ८४मा एमालेले एकल बहुमत बनाउने दाबी गरे।

उनले झापा देशकै विशेष जिल्ला भएको भन्दै यस क्षेत्रले राजनितिक उचाई कायम राख्नुपर्नेमा जोड दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *