संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौँ महानगरको निर्देशन

डिसी नेपाल
१६ चैत २०८० ९:३३
28
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ ।

महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिना भित्र आफ्नो नाम शिक्षा नियमावलीअनुसार राख्न निर्देशन दिएको हो ।

महानगरले भनेको छ- ‘अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नहुन अनुरोध छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *