सभामुख घिमिरे स्वदेश फर्किए
काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्। अन्तर-व्यवस्थापिका सङ्घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन्।
महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभूवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए।
अन्तर व्यवस्थापिका सङ्घको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment