प्रस्तावित महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया सुरु
काठमाडौं। प्रस्तावित महालेखा परीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ।
संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिले महालेखापरीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। महालेखा परीक्षकको पदावधि ६ वर्षको हुन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment