सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवाद उत्पन्न भयोः रेशम चौधरी

‘घरकै मान्छेले कुरा नसुन्दा ठूलो समस्या भयो’

डिसी नेपाल
१९ चैत २०८० १८:२५
48
Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवाद उत्पन्न भएको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै चौधरीले वर्तमान सरकारले पार्टी चलाएकाले पार्टीभित्र विवाद उत्पन्न भएको आरोप लगाएका हुन्। चैत्र २३ र २४ गते केन्द्रीय समितिको बैठक बोलाएको भन्दै उनले पार्टी भित्र अराजक गतिविधि गर्ने लाई कारवाही गर्ने चेतावनी दिए।

चौधरीले सरकारका जाने कि नजाने विषयमा पार्टीमा विवाद भएको तर कसैमाथि पनि हातपात नभएको जिकिर गरे। आफूले कसैलाई हत्या गर्ने धम्की नदिएको भन्दै उहाले आफुहरु चाहि असुरक्षित भएको बताए।

उनले पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याउन आफुले ठूलो मेहनत गरेपनि घरकै मान्छेले कुरा नसुन्दा ठूलो समस्या भएको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *