बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए तेस्रो पटक विश्वासको मत

डिसी नेपाल
१९ चैत २०८० १८:३४
120
Shares

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन्।

सोमबार प्रदेशसभा बैठमा मुख्यमन्त्री जम्मकट्टेलले राखेको विश्वासको मत माथिको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे। ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ मत नै आवश्यक पर्दछ।

आजको मतदान प्रक्रियामा १०८ सांसद उपस्थित थिए। त्यस्तै प्रस्तावको विपक्षमा ३७ मत परेको थियो भने तटस्थमा १५ मत परेको थियो।

बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्। बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन्।

२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएका हुन्। उनले पहिलोपटक ३ माघ २०७९ मा तथा दोस्रो पटक १० चैत २०७९  विश्वासको मत लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *