कर्णालीमा मुख्यमन्त्री एमालेलाई

डिसी नेपाल
२० चैत २०८० ६:३१
300
Shares

कर्णाली। सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाल)ले मुख्यमन्त्रीको पद पाउने भएको छ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो।

सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताए।

उनले भने, “केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नैपर्ने हुन्छ। शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ।”

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका थिए।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *