बागमतीमा एकीकृत समाजवादीकी आले बनिन् मन्त्री
हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सोमबार मात्र विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन्। आलेले मन्त्री बनाउने शर्तमा मुख्यमन्त्रीलाई आलेले विश्वासको मत दिएकी थिइन्।
उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन्।
योसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ। प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ४, एमालेका एक, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment