लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

डिसी नेपाल
२० चैत २०८० १३:१३
40
Shares

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन्।

नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन्।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपा र नाउपाका ४-४ जनमत पार्टी, जसपा र लोसपाका ३-३ सिट छन् भने जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सिट रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *