बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

डिसी नेपाल
२० चैत २०८० १७:५६
36
Shares

काठमाडौँ। बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन्।

सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन्।

मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *