सुनिताले ल्याइन् मौलिक तीज गीत

डिसी नेपाल
१९ साउन २०७६ ११:०९

काठमाडौं । गायिका सुनिता दुलालले ‘चुरा टीका लाली’बोलको मौलिक तीज गीत सार्वजनिक गरेकी छन्।

उनले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन्। सुनिता संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने मान्यता राख्ने गायिका हुन्। उनका यसअघिका अधिकांश गीत मौलिक छन्।

विगतका वर्षमा जस्तै यसवर्ष पनि आफूले मौलिक तीज गीत ल्याएको सुनिताले बताइन्। प्रा.डा. कृष्णहरी बरालको शब्द, महेश खड्काको संगीतमा सुनिताले स्वर दिएकी छन्। त्यस्तै, भिडियोमा सुनिता स्वयंम छमछम नाचेकी छन्। उनको नृत्य उत्तिकै आकर्षक देखिएको छ। भिडियोलाई शिव वि.कले निर्देशन गरेका हुन्।

अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ।

सुनिता हाल प्रशारण भईरहेको ‘नेपाल लोक स्टार’को निर्णायक छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *