कतारी राजा अल थानी नेपालमा सबैभन्दा उच्च स्तरको सुरक्षा पाउने विदेशी पाहुना

डिसी नेपाल
१३ वैशाख २०८१ ११:१९
68
Shares

काठमाडौं। दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन्। कतारबाट नेपालको उच्चस्तरीय भ्रमण भएको यो पहिलो अवसर हो। त्यसै कारण नेपाल सरकारले पनि उनको स्वागत र सम्मानमा कुनै कसर बाँकी राखेन।

कतारी राजाको सुरक्षाका लागि सरकारले नेपाली सेनाका रथी अशोककुमार सिग्देलको नेतृत्वमा सुरक्षाकर्मी खटाएको थियो। कतारी राजाको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका थिए।

सुरक्षा स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङकै हैसियतमा कतारी राजालाई सुरक्षा प्रदान गरिएको थियो। चिनियाँ राष्ट्रपति नेपाल आउँदा पनि सरकारले नेपाली सेनाको नेतृत्वमा एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो।

नेपाली सेनाको प्रधानसेनापतिपछि दोस्रो हैसियतका ‘डेप्युटी इन चिफ’ जनरलले सुरक्षाको नेतृत्व गरेका अल थानी नेपालमा सबैभन्दा उच्च स्तरको सुरक्षा पाउने विदेशी पाहुना बनेका छन् ।

राष्ट्र प्रमुख र सरकार प्रमुख दुवै हैसियतमा रहेका कतारी राजालाई उच्चस्तरको सुरक्षा दिइएको हो। अल थानीको दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल र कतारबीच ८ सम्झौतामा हस्ताक्षर भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *