गीत : आफ्नै छनौट हो
जिन्दगी के गर्ने आफ्नै छनौट हो
पटक पटक मण्डपमा
बस्न सक्ला मान्छे
चिहानमा पस्ने चाहिँ एकै पटक हो
जिन्दगी के गर्ने आफ्नै छनौट हो
=======================
आउँछन् जोवनमा
फर्केर एक फेर हेर्न मन लाग्ने मान्छेहरु
आउँछन् जीवनमा
सम्झेर एक फेर सोच्न मन लाग्ने मान्छेहरु
तर मन कस्लाई दिन्छ्यौ ?
जीवन कस्लाई सुम्पिन्छ्यौ ?
र वचन कसलाई दिएकी छ्यौ?
चन्चलता मान्छेकै मनको बनोट हो
घरीघरी मायामा
पर्न सक्ला मान्छे
ढुकढुकी निभ्ने चाहिँ एकै पटक हो
जिन्दगी के गर्ने आफ्नै छनौट हो
======================
भेटिन्छन् सफरमा
हाँसेर नजिक आई, दुई बात गर्ने मान्छेहरु
भेटिन्छन् रहरमा
बुझेर तिम्रै चाहमा ,फूल बुट्टा भर्ने मान्छेहरु
तर साथ कस्को निभाउँछ्यौ ?
अन्तिमघडी कोसँग हुन्छ्यौ ?
र कसम कोसित खाएकी छ्यौ ?
जिन्दगी थोर बहुत आफ्नै लेखोट हो
पटक पटक मान्छेलाई
छल्न सक्छ मान्छे
भगवानले भेट्ने चाहिँ एकै पटक हो
जिन्दगी के गर्ने आफ्नै छनौट हो
No ads found for this position




Facebook Comment