पहिरोको खस्न थालेपछि सिंगो वस्ती त्रासमा
बाजुरा। बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिरो खस्न थालेपछि ४५ परिवार त्रसित बनेका छन् । लगातारको वर्षाका कारण यहाँ पहिरो खस्न थालेको छ ।
पहिरोका कारण यहाँका बासिन्दा विस्थापित हुने खतरा रहेको स्थानीयवासी धनबहादुर बोहराले जानकारी दिए। “घर माथिबाट पहिरो खस्दै छ, अन्यन्त्र बस्ने कतै ठाउँ छैन”, उनले भने। गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा नेतृत्वको टोली पहिरोको अवस्थाबारे जानकारी लिन अन्द्राडी गएको छ ।
यस्तै सोही गाउँपालिका–६ टाँडाकोटमा शुक्रबार राति पहिरोले घर भत्काउँदा एकै घरका दुई जनाको मृत्यु भएको थियो । पाँच जना घाइते भएका छन् ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाने क्रम बढेको छ । बुढीगङ्गा नगरपालिका–२ ताप्रीसेरा र त्रिवेण नगरपालिका–९ जोड्ने ताप्रीसेराको पुलमाथि बाढी पसेपछि आवतजावत नै बन्द भएको छ । ताप्रीसेरास्थित झोलुङ्गे पुल जोखिममा छ । स्थानीयवासी मोहन विष्टका अनुसार बाढीले पुल बगाउने खतरा छ । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment