कविता : आँसु

शंकरप्रसाद रिजाल
१२ जेठ २०८१ ६:५७
84
Shares

आँसु बगाइ के बस्छौ, यो मायाको भूगोलमा
दुःखेको दिलको आँसु, रोकिन्न यस धर्तीमा
आँसु त्यो मोहको पानी, झर्दै जान्छ झरझर
नदुखेको घाउ त्यो हाम्रो, दुःखी हाल्छ हरहर।

धनी मानिसको दिल दुखेकै छ यो धर्तीमा
गरीब मानिसको फेर दुखे कै छ यो बीचमा
आँसु सागरमा मिल्छ, यो जान्छ कताकता
चिन्ता मनको माँझ घुमी रहन्छ यताउता।

बिबेक मनमा बुद्धि, बने संयमको घर
के हुन्छ जीबमा फेर, हुन्न कहिल्यै कसैको डर
रोकिन्न आँसु रुँदामा, धारा बग्छ धरधरी
आँसुको दहमा डुब्दा कम्प छुट्छ थरथरी।

माया मोहको आँसु नबगेको कहाँ छ र
चिन्ता शोकको आँसु नछुटेको कहाँ छ र
थोपा आँसुको थोपा यो सधैं खसिरहन्छ नै
यसको भेलको बाढी छुट्छ भित्र दिल मै।

सारा सुखीहरुपनि नरोएको कहाँ छ र
सारा दुःखीहरुपनि नरोएको कहाँ छ र
हेर संसारको सार आँसु खस्छ सधैंभरी
हेर मोहको खोजमा आँसु बग्छ कसैगरी।

ज्ञानको खोजमा लाग्दा चिन्ता बढ्छ कस्तरी
खोजेको ज्ञानको भेष नपाउँदा आँसु बग्छ बेस्करी
बुद्धि ठडिन्छ अगाडि सधैं सोझो बनी बनी
ढिक्का आँसुका थोपा बर्सन्छन् गनीगनी।

नखोज ज्ञानको आँसु न बुद्धिको पनि
मित्थ्या सब यो हेर बस्छन् सधैं आँसुको मुनि
बिबेक मनमा राखी काम गर्दछ जो मनु
बग्दैन आँसुको धारा यो बन्छ उसको धनु।

थोपा आँसुको मूल्य देख्दैनन् कसले पनि
यो आँसु मूल्यको मोल बुझ्दैनन् कोहीपनि
नखोज आँसुको मोल संसारमा कसैगरी
सारा मानिस रोएका छन यो संसारमा कठैबरी
सारा मानिस रोएका छन् यो संसारमा कठैबरी।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *